३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

वाणगंगामा पनि मनाइयो १४ औं पुस्ताकालय दिवस



रिता खनाल, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि १४ औं पुस्ताकालय दिवस मनाइएको छ । वाणगंगा सामुदायिक पुस्ताकालयको आयोजनामा एक कार्यक्रम गरि दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले पुस्तक र यसको महत्वका बारेमा जानकारी गराउनुभयो । साथै उपप्रमुख अर्यालले पुस्ताकालयको भरपुर उपयोग गर्दै खाली समयमा आएर पुस्तक पढ्नुपनि आग्रह गर्नुभयो ।
यसैगरी विशिष्ठ अतिथी वाणगंगाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले पुस्ताकालयलाई थप ब्यवस्थीत गराउनुपर्ने भन्दै त्यसका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम सामुदायिक पुस्ताकालयका अध्यक्ष दिल बहादुुर कार्कीको अध्यक्षता, र सचिव बुद्धिसागर बेल्वासेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा स्रष्टाले विभिन्न सृजनाहरु वाचन गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ६ : २८ बजे