३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

२ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्यो



काठमाडौं ।

बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ४ : ४९ बजे