३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

बुटवल–नारायणघाट सडक खुल्न अझै एक साता लाग्ने, तुरतुरे खोलामा बेलि ब्रिज राखिने



बुटवल ।

पुल भासिएपछि अवरुद्ध बनेको पुर्व–पश्चिम राजमार्ग खुल्न अझै एक साता लाग्ने भएको छ । गएको विहिबारदेखि रुपन्देहीको घोडाहा खोलाको पुल र पश्चिम नवलपरासीको तुरतुरे खोलाको पुल भासिएपछि अवरुद्ध बनेको सडक वैकल्पिक माध्यमबाट खुलाउने प्रयास भएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।

मुलुककै पुरानो र मुख्य राजमार्गका रुपमा रहेको पुर्व–पश्चिम राजमार्गमा दैनिक हजारौंका संख्यामा सवारी तथा मालवाहक साधन चल्ने गर्दछन् । मुख्य सडककै पुल भासिएपछि करिब एक सतादेखि आवागमन पूर्णरुपमा प्रभावित बनेको छ । देवदहको घोडाहा पुलमा डाइभर्सन र तुरतुरे खोलामा बेलि ब्रिज राखेर सडक सूचारु गर्ने तयारी थालिएको सडक डिभिजन कार्यालय प्रमुख मरासिनीले बताए ।

नवलपरासीको तुरतुरे खोलामा बैल्पिक रुपमा बेलि ब्रिज निर्माणको काम सुरु भइसेको सडक डिभिजन कार्यालयले जनाएको छ । बेली ब्रिज तयार गर्न कम्तिमा १० लाग्ने बताइएको छ । ४० मिटर लामो अस्थायी पुल ९बेलि ब्रिज० निर्माणका लागि ३० बढी खर्च लाग्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

यसैगरी रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलामा डाइभर्सन तयार गर्नका लागि एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मारासिनीले बताए । ‘दुबै स्थानको काम आज बिहानबाट सुरु भएको छ ।’–ग्लोबल आवाजसँग कुराकानी गर्दै मरासिनीले भने ‘यस्तै मौसम सफा रह्यो भने देवदहको घोडाहा पुलमा डाइभर्सनको काम कम्तीमा एक हप्ता र तुरतुरे खोला बनाउन लागिएको बेलि ब्रिजका लागि आवश्यक पर्ने निर्माण साम्रगी नरोकिएमा १० दिन जतिमा तयार हुन्छ ।’ पानी परेर काम गर्न रोकिएमा सो अवधीमा काम सम्पन्न गर्न कठिनाई पर्ने उनी बताउँछन् ।

डाइभर्सन निर्माण लागि लाग्ने सम्पूर्ण खर्चको जिम्मा बुटवल–नारायणघट ४ लेनमा बिस्तार गर्ने जिम्मा पाएको चाइनिज कम्पिनीले बेहोर्ने भएको छ । बेलि ब्रिज निर्माणमा लाग्ने खर्च भने सडक डिभिजन कार्यालय बुटवलले व्यहोर्ने भएको छ । खोलाको बीचमा कम्तिमा १० वटा हिम पाइप राखिने मरासिनीले बताए ।

तुरतुरे खोलामा राख्न लागिएको अस्थायी पुल ९बेलि ब्रिज०मा ठूला सवारी साधन भन्ने चल्न नपाउने भएका छन् । बेली ब्रिजमा टिपर, ट्रक लगायतका ओभरलोड भएका सवारी साधनलाई चल्न नदिने सडक डिभिजन कार्यालयका प्रमुख मरासिनीले बताए । सो पुलमा यात्रुवाहाक बस, मोटरसाइकल, कार लगायतका साना सवारी साधन एकतर्फी रुपमा चल्न पाउने उनले बताए ।

‘सामान्यतयाः बेलि ब्रिजले धेरै लोड धान्न सक्दैन् ।’ उनले भने ‘ यो सञ्चालनमा आएपछि बिरामी बोक्ने एम्बुलेनस, यात्रु लगायतलाई सहज होस भनेर अस्थायी रुपमा बेलि ब्रिज बनाउन लागिएको हो।’ ओभरलोड भएका ठूला सवारी साधन भने भैरहवा– भूमहि लगायत सडक खण्ड नै प्रयोग गर्नु पर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ४ : २६ बजे