३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कांग्रेस रुपन्देहीलाई पनि महाधिबेसन चटारो, सर्वसम्मत नेतृत्वको कसरतमा रज्जाक




बुटवल ।

नेपाली कांग्रेस रुपन्देही १४ औं महाधिबेसनको अन्तिम तयारीमा लागेको छ।पार्टीको १४ औं महाधिबेशन भदौ १८ गते वडा अधिबेशनसंगै सुरु हुँदैछ ।

अधिबेशनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यबिधीबारे कांग्रेस रुपन्देहीले बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ ।

जिल्लामा महाधिवेशनकालागी केन्द्रबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिती अधिवेशनको लागी तयारिमा लागेको र बिहिबारसम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइएने नागरिक अनलाइनलाइ बताए ।

निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरि अधिबेशन गरिने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्कोदिन पनि निर्वाचन हुन सक्ने बताए ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्बसम्मत नेतृत्व चयनकोलागिअधिकतम प्रर्यत्न गर्ने बताए । उनले वडा तहमा खटिने निर्वाचनकर्मिहरुलाइ सहयोग गर्न आग्रह गरे । उनने वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा बिबाद रहित तबरले अधिबेशन हुनुपर्नेमा जोड दिए ।

पुर्व जिल्ला सभापति रामचन्द्र ढकालले अधिवेशन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रियरुपमा सहभागी हुन आग्रह गरे । नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाँणले सबै तहका अधिबेशन समयमै सम्पन्न हुने भन्दै लोकतन्त्र बलियो बनाउन काङ्ग्रेस बलियो हुनुपर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ४ : १९ बजे