३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जो रुट ‘नम्बर वान’ टेष्ट ब्याट्सम्यान , कोहोली छैठौँ स्थानमा(सुचीसहित)




काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ टेष्ट वरियता सार्वजनिक गरेको छ। आईसीसीले बुधबार नयाँ ब्याटिङ वरियता सार्वजनिक गरेको हो।

नयाँ वरियतामा इंग्ल्याण्डका कप्तान जो रुट ‘नम्बर वान’ टेष्ट ब्याट्सम्यान बनेका छन्। न्यूजिल्याण्डका कप्तान केन विलियम्सनलाई पछि पार्दै रुट शीर्ष स्थानमा उक्लिएका हुन्।

उनी ६ वर्षपछि फेरि टेष्ट ब्याटिङ वरियताको शीर्ष स्थानमा उक्लिएका हुन्। भारतसँगको पहिलो, दोस्रो र तेस्रो टेष्टमा शतक बनाएपछि रुटको वरियता सुधार भएको हो।

रुटको रेटिङ प्वोइन्ट ९ सय १६ रहेको छ। दोस्रो स्थानमा झरेका विलियम्सनको रेटिङ प्वोइन्ट ९ सय १ छ।
अष्ट्रेलियाका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा कायमै छन्। अष्ट्रेलियाकै मार्नस लाबुशेन पनि चौथो स्थानमा यथावत् नै छन्।

नयाँ वरियतामा भारतीय ब्याट्सम्यान रोहित शर्माले एक स्थान सुधार गरेका छन्। उनी भारतीय कप्तान विराट कोहोलीलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएका छन्।

कोहली छौठौं स्थानमा झरेका छन्। पाकिस्तानका कप्तान बाबर आजम सातौं नम्बरमा कायमै छन्।
यस्तै, अष्ट्रेलियाकका डेविड वार्नर, दक्षिण अफ्रिकका क्विन्टन डीकक र न्यूजिल्याण्डका हेनरी निकोलस क्रमशः नवौं र दशौँ स्थामा छन्। तीनै जनाले एक–एक स्थान सुधार गरेका हुन्।

बलिङ वरियताको शीर्ष स्थानमा अष्ट्रेलियाकका प्याट कमिन्स यथावत् छन्। अलराउन्डरतर्फ वेष्ट इण्डिजका जेसन होल्डर कामयै छन्।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ३ : ०४ बजे