३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

भोलिदेखि फिल्म हल खुलाउन अनुमति दिने प्रशासनको निर्णय



काठमाडौं ।

काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो । नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए । ‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।

उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था नरहेको क्यूएफएक्स संचालक नकिम उद्दिनले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  २ : ३७ बजे