३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा



काठमाण्डौ ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ । सभामुख सापकोटाविरुद्धको मुद्दामा आज बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो ।

यसअघि पटक पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । २०७६ फागुन ३० गते यो मुद्दा पेसीमा चढाइएको थियो तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सभामुख सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ । २०६२ वैशाखमा अपहरणमा परेका लामालाई जिउँदै पुरेको भन्दै उहाँकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गर्नुभयो । २०६४ मा जाहेरी दर्ता भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गएपछि सर्वोच्चले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  २ : २२ बजे