३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पहिरोमा पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीमा पहिरोले पुरिएर एक बालिकाको ज्यान गएको छ । मंगलबार साँझ घरमाथीबाट खसेको पहिरोले पुरिएर अर्घाखाँची पाणिनी ७ झन्द्रेक निवासी जिवलाल सुनारकी ९ बर्षिय छोरी झरना सुनारको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परि निजको १३ बर्षिय छोरा लक्ष्मण सुनार , छिमेकी चन्द्र कहादुर सारूको १२ बर्षिय छोरा मोहन सारू र छिमेकी मेग बहादुर क्षेत्रीको ९ बर्षिय छोरा महेश क्षेत्रीलाई स्थानियबासिन्दा र प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ ।

घाईते तिनै जनाको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक गणेश खनालले बताए । घाईते तिनै जना खतरामुक्त रहेको स्वास्थ्य चौकिले जनाएको छ । पहिरोमा परि एउटा भैंसी र ६ ओटा बाख्रा मरेका छन् । ६ जना सदस्य रहेको उक्त घरका अन्य ४ जना घरबाहिर रहेको र दुई दाजु बहिनी सहित छिमेकी साथीहरूसँग टिभी हेरीरहेका बेला घरमाथी बाट पहिरो गएको थियो । मृतक बालिकाको सवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको छ । सुनारको तिनतले कच्ची घर र थारो पहिरोले पुरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  १ : ३२ बजे