२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

यस्तो बन्यो विद्यालय, कलेज खोल्ने कार्य योजना




काठमाण्डौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजना बनाएको छ । मन्त्रालयले बनाएको योजना कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पुगेको छ । सीसीएमसीले एकीकृत कार्ययोजनामा समावेश गरेको मन्त्रालयको उक्त कार्ययोजना रहेको छ । मन्त्रालयले कार्ययोजना चालु शैक्षिकसत्रको लागि बनाएको हो ।
कार्य योजनामा के छ ?
मन्त्रालयले बनाएको ६ बुँदे कार्ययोजनामा निषेधाज्ञाको प्रकृति हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ । हार्ड लकडाउन (रेड जोन), मिक्स्ड लकडाउन (गाढा पहेँलो जोन), सफ्ट लकडाउन (पहेँलो जोन ) र मिनिमल लकडाउन (ग्रीन जोन) मा वर्गीकरण गरिएको छ । वर्गीकरण गरिएका चारखाले लकडाउनका आधारमा कुन ठाउँमा कसरी विद्यालय सञ्चालन गर्ने र परीक्षा कसरी लिने भन्ने उल्लेख गरिएको छ ।
१. विद्यालयको पठनपाठन सञ्चालन र व्यवस्थापन
हार्ड लकडाउन (रेड) क्षेत्रमा
वैकल्पिक सिकाइका माध्यमको प्रयोगका लागि प्रविधिमा विद्यार्थीको पहुँचको आधारमा समूहगत गर्ने ः
–सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी ।
–रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ८ : २० बजे