२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

पहिरोले घर पुर्दा अर्घाखाँचीको पाणिनीमा बालिकाको मृत्यु, ३ घाइते



अर्घाखाँची । पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो । निरन्तरको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ७ : ५१ बजे