९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार ३४२ रुपैयाँमा खुला



काठमाडौं ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार खुला भएको छ। प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू ३४२ मा कारोबार खुला भएको हो। कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ आइतबार सूचीकत भएको थियो। कम्पनीले पहिलो कारोबारको लागि रू ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ ओपन रेञ्ज पाएको थियो। नेपाल स्टक एक्सचेञ्ज नेप्से ले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो। यूएलआई स्टक कोडबाट कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको प्राथमिक सेयर गत असार ३१ गते बाँडफाँट भएको हो। कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहको छ। भोलिबाट कम्पनीको कारोबार सुरु हुनेछ। नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  ११ : ३० बजे