९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिनर्जी सहकारीको भलवाड शाखा उद्घाटन



बाबुराम रायमाझी, वाणगंगा ।
सिनर्जी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको भलवाड शाखा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगाको भलवाडलाई कृषि पर्यटनको आकर्षणको केन्द्रको रुपमा विकास गर्न सिनर्जीले काम गर्नुपर्ने बताउनुभएको छ ।

कृषिसँग विभिन्न चिजहरुमो उत्पादन गर्ने र त्यसको बजारीकरण सँगै व्यवसायमा लगानी पनि बृद्धी गर्न संस्थाले काम गर्नुपर्ने उहाँले बताउनुभयो । बाणगंगाका ६ वटा सहकारी मर्ज गरी बनाइएको सिनर्जीले आधुनिक वित्तीय मोडल अनुसार कर्जा पु¥याउन सक्ने सासंद पन्थीले विश्वास पनि व्यक्त गर्नुभएको छ ।

पहिले नै केही सहकारी संस्थाहरु रहेको भलवाडमा सहकारीहरुका बिचमा प्रतिश्पर्धा हुने भन्दै भलवाडमा अझै क वा ख बर्गका बैँकहरु पनि आवश्यक रहेको र त्यसका लागि बैँकको शाखा संचालनका लागि पहल गरिने बताउनुभयो ।

परम्परागत कृषि प्रणालीमा परिवर्तन गरी सहकारी संस्थाले व्यवसायिकलाई जोड दिनु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।

वाणगंगा नगरका उप प्रमुख चक्रपाणि अर्यालले नगरको दुरदराजमा रहेका वडाहरुमा संस्थाले सेवा प्रदान गरेकोमा धन्यवाद दिँदै वित्तिय सबल, उत्पादनमुखी, रोजगारमुखी यस सहकारीका शेयर सदस्यहरुलाई लगानीमा सबल, आत्मनिर्भर, समृद्धि नागरीक बन्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सहकारी संस्थाका लेखा संयोजक तेज प्रसाद आचार्यले सिनर्जी सहकारी संस्थाले ६ वटा संस्थालाई एकताबद्ध गर्ने काम गरी वाणगंगा नगरमा सशकारी अभियानमा एउटा नमूना पालिका हुने कुरामा सफलता मिल्ने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष तथा सहकारीका भलवाड शाखा संयोजक ध्रुव बेल्वासेलेसिनर्जी संस्था अन्य सहकारी भन्दा पृथक उद्धेश्यका साथ स्थापना भएकाले बढी भन्दा बढी लाभ शेयर सदस्यलाई प्रदान गर्ने र वित्तिय सहकारीसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष लक्षमण वेल्वासेले गत आर्थिक वर्ष २०७७/७८मा लक्ष्य अनुसार संस्थाले शेयर पूँजी वृद्धि गर्न सफल भएको यस वर्ष शेयर सदस्यलाई १८ प्रतिशत लाभांस वितरण गर्ने बताउनुभयो ।

सहकारीको कारोबारमा उत्पादनमुखी, व्यवसायिकमुखी गर्ने रणनिति रहेको सुनाउनुभयो । भलवाड शाखामा हाल १ शय ८३ शेयर सदस्य आवद्ध रहेको र संस्थाले १ हजार शेयर सदस्य पु–याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७८ आइतबार ००:००  ७ : ३६ बजे