काठमाडौं ।
सरकारले आगामी असोज दोस्रो साताभित्र कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै जनस्वास्थ्यका मापदण्ड विपरित चहलपहल बढेका कारण तेस्रो लहरको जोखिम बढेको बताउनु भएको हो ।
गतवर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण फैलिएको थियो ।
अहिलेपनि नेपालमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमण तिब्र गतिमा बढिरहेको छ । प्रवक्ता पौडेलले अहिले नेपालमा समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको बताउनुभयो । उहाँले ५/६ महिना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने बताउनुभयो । हाल नेपालमा दैनिक पीसीआर परीक्षणमध्ये १९.५ प्रतिशतको हाराहारीमा संक्रमण देखिएको छ । संक्रमित सबैले परीक्षण नगराउँदा पनि संक्रमणको यकीन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले जनाएको छ ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले मानिस आफैँ सचेत भएर संक्रमणलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले दैनिक १० देखि २० जना अस्पतालमा आइरहेको भन्दै खोप लगाएका मानिसबाट पनि संक्रमण सर्नसक्ने भएकाले स्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गनुभयो ।
प्रतिक्रिया