९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुपन्देहीका उद्योगहरुमा बाढी पस्दा करोडौंको क्षति



बुटवल ।
अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पु¥याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पु¥याएको छ ।

तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करिब दश करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहूले बताए ।

उद्योगमा उत्पादनका लागि तयारी अवस्थामा राखिएका कच्चा पदार्थ ­(प्लास्टिक दाना), उत्पादित सामग्री, मेसिनरी तथा विद्युतीय उपकरण लगायतमा क्षति पुगेको उनको भनाइ छ । ‘दुई वटा उद्योगमा करिब १० करोडको क्षति पुगेको अनुमान छ’ साहुले भने । उद्योग परिसर डुबानमा परेकाले उद्योग सञ्चालन हुन केही दिन लाग्ने उनले बताए ।

सोही कोरिडोरमा रहेका एभरेष्ट रोलिङ इण्डष्ट्रिज, पूजा प्लास्टिक, श्याम मोडर्न दाल मिल, रत्ना आइरन लगायतका उद्योग पनि डुबानमा परेर क्षति भएको छ । एभरेष्ट रोलिङमा डेढ करोड भन्दा बढीको नोक्सानी भएको सञ्चालक अरुण कुमार गोयन्काले बताए ।

तस्बीर फाइल

प्रकाशित मिति : १३ भाद्र २०७८ आइतबार ००:००  ६ : १६ बजे