९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अफगानिस्तानमा रहेका कपिलवस्तुबासीको उद्धारमा प्रशासनको चासो, माग्यो विवरण



मायादेवी अनलाइन, चारन्मबर ।

द्धन्द्धग्रस्त देश अफगानिस्तानमा हाल कोही रहेको भए विवरण उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । औपचारिक या अनौपचारिक जुनसुकै तरिकाले अफगानिस्तानमा गएर विचल्ली परेका भए तुरुन्त उद्धार गर्नु पर्ने भएकाले विवरण दिन प्रशासनले जिल्लाबासीमा आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ‘अफगानिस्तानमा हालै विकसित घटना परिघटना सम्बन्धमा सबैलई अवगत नै छ । सो मुलकुमा औपचारिक या अनौपचारिक माध्यमबाट गई हाल अलपत्र परेका नेपाली नागरिकको तत्काल सकुशल उद्धार गर्नु पर्ने भएको हुँदा यस जिल्लाका नागरिक कोही भए सम्बन्धित परिवारका सदस्यबाट नाम थर, ठेगाना, राहदानी नम्बर, सम्पर्क नम्बर लगायतका विवरण यस कार्यालय या सम्बन्धित स्थानयि तह या नजिकको सुरक्षा निकायमा उपलब्ध गराइदिनु हुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’प्रजिअ पाण्डेले तथ्यांक पाउनासाथ उद्धारको लागि पहल गर्ने मायादेवी अनलाइनसंग बताउनु भयो ।

प्रकाशित मिति : ९ भाद्र २०७८ बुधबार ००:००  ६ : ३२ बजे