मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले भोलि स्थानीय बिदा दिने भएको छ । मुस्लिम समुदायको मुख्य पर्व मोहर्रम तथा नयाँ वर्ष आरम्भको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । आज एक विज्ञप्ती निकाल्दै मोहर्रम पर्वको अवसरमा सम्पूर्ण मुस्लीम समुदायलाई शुभकामना ब्यक्त गरेको छ । साथै कोभिड संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउदै चाडपर्व मनाउनपनि गाउँपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया