९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नयाँ ब्यवस्थापनमा चार नम्बरको सिद्धार्थ दुग्ध डेरी, मिष्ठान्न सेवा पनि सुरु



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ मा रहेको सिद्धार्थ दुग्ध डेरीले नयाँ ब्यवस्थापनका साथ सेवा दिन थालेको छ । तौलिहवा रोडमा लामो समय दुग्ध संकलन र विक्रिवितरण गर्दै आएको डेरीले अब बिभिन्न प्रकारका मिष्ठान्नका परिकारको विक्रि वितरण गर्ने भएको हो । मिष्ठान्न भण्डारको मंगलबार उद्घाटन गरिएको थियो ।

मिष्ठान्न भण्डारका प्रोपराइटर श्यामलाल सापकोटाले ग्राहकको माग र समयअनुकुल आफूलाई परिमार्जन गरी अगाडी बढेको बताउनु भयो । यस क्षेत्रमै छुट्टै शुद्धता र गुणस्तर कायम गर्नको लागि भारतबाट दक्ष कालिगढ झिकाई बिभिन्न प्रकारका मिठाइ उत्पादन गर्न सुरु गरिएको उहाँले बताउनु भयो ।

विदेश जानभन्दा आफ्नो देशमा केही गर्नु पर्दछ भनेर डेरी स्तरउन्नति गर्न १० बर्षको लागि जग्गा लिजमा लिएर १० लाख बढी खर्च गरी आफ्नै संरचनामा ब्यवसाय अगाढी बढाएको उहाँको भनाई छ । आफूसंगै परिवारका अन्य सदस्यले त्यहीँ रोजगारी पाएको सापकोटाले मायादेवी अनलाइनलाई बताउनु भयो । उद्घाटनको अवसरमा मिठाई, शुद्ध घिउ, पनिर लगायतमा विशेष छुटको ब्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  ४ : ३५ बजे