काठमाडौं ।
पछिल्लो २४ घण्टामा मुलुकमा ३६५१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ नमुना ९६१४९ एन्टीजेन र १०४४५ (पीसीआर) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोमबार थप २२ जनाको मृत्यु भएको छ । १७८४ जना निको भएका छन् । १ लाख ४५ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् । सक्रिय संक्रमित संख्या ३६ हजार २८८ छ ।
सोमबार काठमाडौं उपत्यकामा ९५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना संक्रमित थपिएका छन् ।
कूल संक्रमित संख्या ७ लाख १७ हजार पुगेको छ । कूल मृत्यु १० हजार ११५ पुुगेको छ । मृत्युदर बढेर ५.०६ प्रतिशत पुगेको छ । २६ लाख भन्दा बढीले पूर्ण डोज खोप लगाइसकेका छन् ।
प्रतिक्रिया