९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिद्धार्थ सहकारीद्धारा पारिवारिक योजना हस्तान्तरण



मायादेवी अनलाइन, चारनम्बर ।
सिद्धार्थ बचत तथा क्रण सहकारी संस्था बाणगंगा नगरपालिका चारले पारिवारिक योजना हस्तान्तरण गरेको छ । सहकारीकी अध्यक्ष सूर्य कुमारी शाहीले नगरपालिकाको वडा नम्बर दुई कप्टैयामा हरियाली समूहमा आवद्ध रहेका २५ जना कृषक दाजुभाइ दिदीबहिनीलाई योजना हस्तान्तरण गरिएको हो ।

योजना हस्तान्तरण गर्दै अध्यक्ष शाहीले परिवारको निश्चित योजना विना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनु भयो । खर्च गर्ने तरिका र अन्य कुनै पनि विषयमा परिवारमा सामूहिक छलफल गर्ने बानीले परिवारलाई समृद्ध बनाउने बताउनु भयो ।

ब्यवस्थापक हरिलाल शर्माले पारिवारिक योजना भनेको के हो ? यसले परिवारमा कस्तो महत्व राख्दछ ? बचत कसरी गर्ने लगायतका विषयमा बताउनु भएको थियो । उहाँले बचत गर्ने बानीको विकास नहुँदासम्म धनी बन्न नसकिने बताउनु भयो । स–सानो पूजि संकलन गरेर नै ठुलो सफलता हासिल गर्न सकिने बताउनु भयो ।

समूहकी सदस्य बेल कुमारी रानाले सिद्धार्थ सहकारीले पारिवारिक योजना दिएपछि घरको बजेट बनाउन हयोग पुग्ने बताउनु भयो । सहकारीबाट सहुलियतमा क्रण लिएर सदस्यहरुले बाख्रा, कुखुरा, बंगुर, गाई, भैँसी पालेर आयआर्जन गरेको रानाको भनाई छ । सहकारीकी सचिव डिना सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा कर्मचारी मधु रेग्मी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ६ : ३७ बजे