९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिद्धार्थ सहकारीद्धारा पारिवारिक योजना हस्तान्तरण



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर चारमा रहेको सिद्धार्थ बचत तथा क्रण सहकारी संस्थाले पारिवारिक योजना हस्तान्तरण गरेको छ । सहकारीकी अध्यक्ष सूर्य कुमारी शाहीले नगरपालिकाको वडा नम्बर दुई कप्टैयामा हरियाली समुहमा आवद्ध रहेका २५ जना कृषक दाजुभाइदिदीबहिनीलाई योजना हस्तान्तरण गरिएको हो ।

योजना हस्तान्तरण गर्दै अध्यक्ष शाहीले परिवारको निश्चित योजनाविना आर्थिक समृद्धि हासिल गर्न नसकिने भएपछि सहकारीले यस्तो नयाँ धारणा ल्याएको बताउनु भयो । खर्च गर्ने तरिका र अन्य कुनै पनि विषयमा परिवारमा सामुहिक छलफल गर्ने बानीले परिवारलाई समृद्ध बनाउने भन्दै योजनामुताविक कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

ब्यवस्थापक हरिलाल शर्माले पारिवारिक योजना भनेको के हो ? यसले परिवारमा कस्तो महत्व राख्दछ ? बचत कसरी गर्ने लगायतका विषयमा बताउनु भएको थियो । उहाँले बचत गर्ने बानीको विकास नहुँदासम्म धनी बन्न नसकिने बताउनु भयो । स–सानो पुजि संकलन गरेर नै ठुलो सफलता हासिल गर्न सकिने भन्दै योजनाको किताबको दिनहुँ अध्ययन गर्न उहाँको आग्रह छ ।

समुहकी सदस्य बेल कुमारी रानाले सिद्धार्थ सहकारीले पारिवारिक योजना दिएपछि घरको बजेट बनाउन सहयोग पुग्ने बताउनु भयो । सहकारीबाट सहुलियतमा क्रण लिएर सदस्यहरुले बाखा्र, कुखुरा, बंगुर, गाई, भैँसी पालेर आय आर्जन गरेको रानाको भनाई छ ।सहकारीकी सचिव डिना सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा कर्मचारी मधु रेग्मी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ६ : ३५ बजे