९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं ।
लुम्बनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । विशेष अधिवेशनविरुद्धको रिट लिएर सम्बन्धित पक्ष नआएका कारण हकदैया समेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट दरपीठ गरिदिएको हो ।

अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुग्नुभएको थियो। प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

सर्वोच्चले रिट दर्ता नगरेपछि अब साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन बस्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ७ : २२ बजे