मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । साउन महिना लागेसंगै कोरोनाका संक्रमित हुनेको संख्या ह्वात्तै घटेको भएपनि पछिल्लो दुई दिन यता भने ह्वात्तै बृद्धि भएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्र २५ जनामा संक्रमण देखिएको थियो । शनिबार २६ जनामा संक्रमण देखिएको छ ।
साउन २१ गते विहीबार जिल्लामा ५ जना संक्रमित फेला परेका थिए । त्यस भन्दा अगाडी दैनिक ९ जना भन्दा कम संक्रमित भेटिने गरेका थिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । जारी निशेधाज्ञा खुकुलो हुँदै जादा कोरोना संक्रमित बढेको उनीहरुको भनाई छ ।
जिल्लामा अहिले १ सय २९ जना संक्रिय संक्रमित छन् । स्थानीय तहमा सबैभन्दा बढी बुद्धभूमि नगरपालिकामा ६३ जना सक्रिय संक्रमित छन् । वाणगंगा नगरपालिकामा ४७ जना, कपिलवस्तु नगरपालिकामा ८ जना, शिवराज नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा २/२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकामा एक/एक जना संक्रमित रहेका छन् । मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकामा संक्रमण शुन्य अवस्थामा रहेको छ ।
प्रतिक्रिया