८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रामदतिवनमा बुद्धभूमिले हस्तक्षेप गर्न खोजेको वडाध्यक्ष बेल्वासेको आरोप



मायादेवी अनलाइन, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धार्मिक स्थाल राम दतिवन धाममा अन्य स्थानीय तहले हस्क्षप गर्न खोजेको वडाध्यक्ष धुव्र बेल्वासले आरोप लगाउनुभएको छ ।

धामको औपचारीक दर्ता प्रक्रिया पुरा भएसँगै शनिबार धामको आगामी कार्ययोजना निर्माणका लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष वेल्वासेले रामदतिवन धाममा गौशाला निर्माणको बाहना बनाउदै बुद्धभूमि नगरपालिकाले हस्तक्षप गर्न थालेको आरोप लगाउनुभएको हो ।

उहाँले अहिलेको सन्दर्भमा सो धामको तारो आफु बनेको भन्दै आफुमाथि आक्रमणको समेत प्रयास भएको बताउनुभयो ।

धामलाई विधिवत रुपमा दर्ता गरी एक धार्मिक संस्थाको रुपमा संचालन गर्नुपर्ने विषयमा जोड दिदाँ यस विरुद्ध केही मानिस आफुमाथि खनिएको उहाँको भनाई थियो ।

धामलाई व्यवस्थित गर्न खोजिएको र विधिवत संचालन गर्न खोजिएको भन्दै वडा अध्यक्ष बेल्वासेले बुझेका मानिसले धामको इतिहासबारे अध्ययन गर्न आवश्यक रहेको बतउनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  ६ : ४० बजे