मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमणदर शुन्यमा झरेको बेला फेरि एकाएक संक्रमणदरले गति लिन थालेको छ । बुद्धभूमि नगरपालिका वडा नं. १ मा २४ जनामा कोरोना परिक्षण गर्दा २२ जनामा संक्रमण देखिएको छ ।
कोरोना लक्षणका विरामी भेटिएपछि त्यहाँ स्वाव संकलन गरिएको थियो । जसमध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।
कोरोना संक्रमण न्यूनिकरणका लागि जिल्लामा निशेधाज्ञा भएपनि कार्यान्वयको पक्ष फितलो देखिएको छ । जसले गर्दा कोरोनाको भयावह स्थिति आउने खतरा बढेको छ ।
अहिले जिल्लामा ७९ जना संक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया