९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अनियमित विद्युत कटौतीको मारमा कपिलवस्तुबासी



मायादेवी अनलाइन, चारनम्बर ।
अनियमित विद्युत कटौतीको मारमा कपिलवस्तुबासी परेका छन् । साउन महिनाको चर्को गर्मीले जनजीवन प्रभावित भएको बेला अनियमित विद्युत कटौतीले जिल्लाबासी झनै हैरानी खेप्न बाध्य भएका छन् ।

घोषित रुपमा लोडसेडिङ नभएको भएपनि जिल्लामा अनियमित विद्युत कटौती हुँदै आएको छ । पछिल्लो केही दिन यता घण्टा घण्टामा विद्युत जाने आउने गरेको छ । के कति कारणले विद्युत जाने आउने गरेको हो विद्युत प्राधिकरणले सेवाग्राहीलाई स्पष्ट पारेको छैन् ।

यो विषयमा विद्युत वितरण केन्द्र तौलिहवामा बुझ्न खोजेपनि फोन उठेन् । कार्यालय प्रमुखको मोबाइल यो समाचार तयार पार्दासम्म अफ थियो ।

गजेहडामा रहेको फ्युज सेवा केन्द्रमा बुज्दा कालिगण्डकीमै समस्या देखिएको कारण विद्युतमा समस्या आएको छ । केन्द्रबाटै विद्युत बन्द हुँदा एक डेढ घण्टा स्वभाविक रुपमा विद्युत कटौती हुने ती कर्मचारीले बताए ।

केन्द्रिय प्रशारण अलवा चन्द्रौटा वितरण केन्द्र हुँदै आउने ३३ केभिए प्रशारण लाइनमा समस्या आउने गरेको कारण पनि विद्युत कटौती हुने गरेको छ । अधिकांश यो प्रशारणमा जंगलको एरिया पर्ने भएकाले समस्या देखिएको हो । प्रशारण लाइनको तार सर्टको कारण अहिले प्राधिकरणका कर्मचारी हैरानीमा छन् ।

यो समस्या कति दिन यस्तै हुने हो यसको उत्तर विद्युतका कर्मचारी समक्ष छैन् । साउन महिना लागेसंगै तराईमा गर्मी चर्किएको छ । लामो समय पानी नपर्दा गर्मी बढेको हो ।

विद्युत कटौतीसंगै चारनम्बर क्षेत्रमा कम भोल्टेजका कारण पनि सेवाग्राही हैरानमा छन् । विद्युत आएपनि पङ्खा राम्रोसंग घुम्ने भोल्टेज आउँदैन् । जनसंख्या बृद्धि तीव्र रुपमा भैरहे पनि वाणगंगा क्षेत्रमा विद्युतको सव स्टेशन बन्न सकेको छैन् । लो भोल्टेजले विद्युतीय सामानहरु विग्रिने क्रम पनि बढीरहेको छ ।

यो पनि पढ्नुहोस्… साउनको चर्को गर्मीमा विद्युत अवरुद्ध हुँदा कपिलवस्तुबासी रातभर जागराम

कपिलवस्तुमा पूर्व सूचना बिनै झ्यापझ्याप विजुली जान्छ, पीडित भन्छन् ‘लोडसेडिङमा पनि यस्तो हुँदैनथ्यो’

प्रकाशित मिति : २२ श्रावण २०७८ शुक्रबार ००:००  ७ : ०७ बजे