मायादेवी अनलाइन, चारनम्बर ।
कपिलबस्तु तौलिहवास्थित राजश्व कार्यालयमा सिभिल बैक लिमिटेडले बैक काउन्टर खोलेको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगर प्रमुख दिनेश पाण्डेयले सो काउण्टरको रिवन काटेर विहीबार उद्घाटन गर्नु भएको हो ।
करदातालाई राजश्व कार्यालयबाट छिटो र छरितो सेवा दिन भन्दै कार्यालयमै वैंकको काउण्टर स्थापना गरिएको पाण्डेले बताउनुभयो । काउण्टरको स्थापनापछि अव सेवाग्राहीहरु भौचर बोकर अन्यत्र जानुपर्ने स्थिति सदाको लागि बन्द भएको उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो । बैंकका प्रमुख किरन धमलाले पहिलेदेखि प्रयास भएपनि कोरोनाको कारण स्थापना गर्न नसकिएको भन्दै ढिलो भए पनि अब सेवाग्राहीले दुख नपाउने भनाई राख्नुभयो ।
कार्यक्रममा तौलिहवा उघोग बाणिज्य संघका अध्यक्ष दिपु कुर्र्मी, तौलिहवा कर अधिकृत भोज प्रसाद खनाल, उद्योग बाणिज्य संघका सचिव संदिप श्रीवास्तव लगायतले बोल्दै सहज ढंगले सेवाग्राहीलाई सेवा दिन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया