काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९४४ परीक्षणबाट १ हजार १३२ जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार २९८ परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया