काठमाण्डौँ ।
आन्तरिक विवाद चुलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादका लागि दोस्रो तहका नेताहरू सक्रिय भएका छन्।
ओलीनिकट नेताहरू सुवास नेम्वाङ र बिष्णु पौडेलले ओलीसँग भेटेर कुरा गर्न नेपाललाई आग्रह गरेका छन्।बिहीबार संसदीय दलका उपनेता नेम्वाङ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। भेटमा आफूले अध्यक्ष ओलीसँग भेट्नुस् भनेको उनले बताए।
‘उहाँ ९नेपाल० अलि परै हुनुहुन्छ। हामीले कोशिश गरिरहेका छौं। दुई जना भेट्नुस् भनेका छौं,’ नेम्वाङले भने,‘ कतिपय कुरा उहाँहरूकै बीच गर्न मिल्छ। हामीले त कार्यदलका तर्फबाट १० बुँदे बनाएका छौं। त्यही कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ। अरू केही कुरा गर्नुपर्ने हुन्छ भने त्यो उहाँहरूले गर्ने हो।’
नेम्वाङले आज बिष्णु पौडेलले नेता नेपाललाई भेट्ने जानकारी दिए। नेम्वाङ र पौडेल दुबै जना विवाद समाधान कार्यदलमा थिए। उक्त कार्यदलले बनाएको प्रतिवेदन नेता नेपालले स्वीकार गरेका छैनन्।नेपालसहित २२ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि ओली समूहले उनीहरूलाई स्पष्टिकरण सोधेको थियो। पछि ओलीले सबैलाई ुआममाफीु भएको बताएका थिए।
नेता नेपालले भने ओलीसँग भेट्न चासो देखाएका छैनन्। एमालेलाई कुनै सर्तबिना २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने उनको अडान छ। कार्यदलले बनाएको प्रतिवेदनमा जेठमा फर्किने त भनिएको छ तर जेठ ३ र २०७७ फागुन २८ को निर्णय पनि मान्नुपर्ने उल्लेख छ। नेपाल त्यसमा असन्तुष्ट छन्।
नेपाल समूहले केही समयअघि प्रधानमन्त्री हुँदा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेको थियो। विभिन्न जिल्लामा समानान्तर कमिटी पनि गठन गरिएको थियो। प्रतिगमन गरेर आफूहरूलाई आन्दोलनमा जान वाध्य पार्ने ओलीले आत्मआलोचना गर्नु पर्ने नेपालनिकट तेस्रो तहका नेताहरूको माग छ।
अध्यक्ष ओलीले भने पहिला जे९जे भयो अब मिलेर काम गरौं भन्ने गरेका छन्। उनले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन।
प्रतिक्रिया