काठमाडौं ।
टोकियो ओलम्पिकमा जापानलाई उछिन्दै चीन फेरि शीर्ष स्थानमा पुगेको छ । यसअघि शीर्ष स्थानमा रहेको जापान भने तेस्रो स्थानमा झरेको छ । चीनले अहिलेसम्म १४ स्वर्णसहित २९ पदक जितेको छ।
यस्तै १३ स्वर्णसहित ३६ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ । १३ स्वर्णसहित २२ पदक जितेको जापान भने तेस्रो स्थानमा धकेलिएको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म ३७ देशले स्वर्ण पदक जितेका छन् ।
रसियन ओलम्पिक कमिटी र अस्ट्रेलियाले सात÷सात स्वर्ण जितेका छन् । यस्तै, बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन् ।
प्रतिक्रिया