गुलरिया ।
संरक्षित बन्यजन्तु पाटे बाघको आनीवानीलगायत आवागमन अनुगमन गर्न जडान गरिएको स्याटेलाइट रेडियो कलरमार्फत बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको बाघको अध्ययन सुरु गरिएको छ ।
केही महिनाअघि निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको थियो । निकुञ्ज विभागले मन्त्रीस्तरिय निर्णयबाट बर्दिया–बाँके कम्प्लेक्समा ४ वटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाएअनुरुप पहिलो चरणमा बर्दियाको बाघमा स्याटेलाईट रेडियो कलर जडान भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
बाघले कसरी शिकार गर्छ । राजमार्गमा कसरी आवागमन गर्छ । सबै कुराको अध्ययन रेडियो कलरबाटै हुन्छ । उनले भने बाघमा जडान गरिएको स्याटेलाइट र रेडियोबाट निकुञ्जमा आएको सूचना अनुसार फिल्डमा पनि अनुगमन भइरहेको छ।
प्रतिक्रिया