बुटवल ।
बुटवलका विभिन्न पसलहरुमा सडेको अस्वस्थकर माछा तथा मासु विक्रि गरेको भन्दै नियन्त्रणमा लिइएको छ । आधा दर्जन बढी मासु पसलहरुमा आज अनुगमन गर्दा भेटिएका करिब ८० किलो बराबरको माछा–मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
बुवटलको नेपालगञ्ज रोड, भुड्किाचोक लगायतमा स्थानमा रहेका पसलहरुमा विक्रिका लागि राखिएका मासु सडेको तथा अस्वस्थकर भेटिएको हो ।
बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोड स्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन गर्दा अस्वस्थकर मासु भेटिएको थियो ।
नेपालगन्ज रोडमा रहेको एउटै पसलबाट ३८ किलो माछा र अस्पताललाईन स्थीत भुडकी चोकमा रहेको एक पसलबाट २५ किलो मासू नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
प्रतिक्रिया