७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

प्रदेश प्रमुख फेरिएसंगै लुम्बिनीमा हौसियो माओवादी



बुटवल ।
लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख फेरिएसँगै विपक्षी दलहरूको गठबन्धनले सहज महसुस गर्न थालेको छ । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दैै उनलाई विश्वासको मत लिन विपक्षी गठबन्धनले लामो समयदेखि दबाब दिँदै आएको थियो । तर बजेट पारित गर्नसमेत बहुमत जुटाउन सक्ने अवस्था नरहेपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।

विपक्षी दलहरु प्रदेश प्रमुख फेरिएसँगै प्रदेशसभाको विशेष अधिवेशन माग गरेर सत्ता परिवर्तन गर्ने रणनीतिमा जुटेका छन् । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई विस्थापित गर्ने प्रयास लामो समयदेखि गर्दै आएका थिए ।

यद्यपि आफूहरुसँग प्रदेशसभामा प्रस्ट बहुमत भए पनि प्रदेश प्रमुखले सरकारलाई साथ दिएका कारण आफू सफल हुन नसकेको विपक्षी गठबन्धनको बुझाइ छ ।

हालै सरकारले प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै उनको ठाउँमा अमिक शेरचन नियुक्त गरेको छ । प्रदेश प्रमुख शेरचनले जिम्मेवारी सम्हालेलगत्तै सरकार परिवर्तनका लागि आफूहरुलाई सहज हुने विपक्षी गठबन्धनको धारणा छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ६ : १३ बजे