मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रमा संचालित गोष्ठी निकै प्रभावकारी भएको सहभागिले बताएका छन् । जुरी नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालित मानव अधिकार प्रबद्र्धनका लागि ३ दिने गोष्ठीले अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीलाई थप पृष्ठपोषण प्राप्त भएको उनीनहरुले बताएका हुन् ।
कार्यक्रमको समापन सत्रमा बोल्दै जुरी नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता मोहन आचार्यले विभेदरहित समाज निर्माणका लागि अब सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । तालिमका मुख्य प्रशिक्षक समेत रहनुभएका आचार्यले एक्लै काम गर्दा भन्दापनि विभिन्न संजाल मार्फत काम गरेमा त्यसले परिणाम दिने बताउनुभयो ।
यस्तै जुरी नेपालका अधिवक्ता विष्णु प्रसाद पोख्रेलले समाजका महत्पवूर्ण विषयमा एक्लै हिनेर नहुने हुँदा सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । तालिमका प्रशिक्षक समेत रहनुभएका पोख्रेलले कार्यक्रममा उठेका सवालहरुमा सहभागिले सिद्धार्थ सामाजिक विकास केन्द्र लगाएतका संघ संस्थासंग सहकार्य गर्दै कार्यक्रम गर्नुपर्ने बताउनुभयो । त्यसका लागि जुरी नेपालले पनि आवश्यक सहयोग गर्ने उहाको भनाई छ ।
यसैगरी जुरी नेपालकै अधिवक्ता बालमाया विश्वकर्माले पनि तालिममा महत्वपूर्ण सवाल उठेको भन्दै अब गम्भीर भएर त्यसको समाधानका लागि काम गर्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रमका अध्यक्ष तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेलले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नसके मात्र तालिमले सार्थकता पाउने बताउनुभयो । कार्यक्रममा उठेका विभिन्न मुद्धाहरुलाई सबैले अपनत्व लिदै साझा मुद्धाको रुपमा लिएर काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया