एजेन्सी ।
गर्मीमा हामी अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौ । शितलताका लागि फ्रिजको पानी पिउने गरे पनि त्यो पाइँदैन । उल्टै अनेकन स्वास्थ्य समस्या थपिन्छन् । यसर्थ चिसो पानी पिउनु पूर्व यसले पुर्याउने हानी थाहा पाउन जरुरी छ ।
के के छन हानी ?
१. पाचन समस्याः
चिसो पानीको सेवनले तपाईको पाचन क्रियालाई प्रभावित गर्न सक्दछ । चिसो पानी वा कोल्ड्रिङ्कसको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीह्रू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचन पश्चात उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन ।
फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ । यसैगरि पाचन ईन्जाईमहरूको उत्कृष्ट कार्यकालागि आवश्यक पर्ने उपयूक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा ईन्जाईमहरू निश्क्रिय भई पाचन प्रभावित हुने गर्दछ ।
त्यस्तै चिसो पानीको शेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्न शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ जसको कारणले पनि पाचन प्रभावित हुने गर्दछ । यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आँउ र पायल्स जस्ता समस्याहरू देखापर्दछन ।
२. हृदय गति कम हुनेः
चिसो पानीको सेवन पश्चात चिसोका कारण पेटको स्नायू आपुर्ती गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ । भेगस नाडी उत्तेजित हुँदा हृदयगति कम हुने र हृदयको कार्यक्षमता पनि घट्दछ ।
३. शक लाग्न सक्छः
कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ । यसर्थ कडा परिश्रम तुरून्त पश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा बर्जीत गरिएको छ । कडा श्रम पश्चात चिसो पानी पिउदा शरीरले परिश्रमकम क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकीदिनेहुँदा शक लाग्न सक्दछ । यसैगरि श्रमका बेलामा पिईएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवश्था समेत आउन सक्दछ ।
४. तौल बढाउनेः
चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ । फलतः बोशो पग्लिने क्रिया प्रभावित हुनजाँदा तौल बढ्ने र भूँडी लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ ।
५ प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नेः
चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्नेहुदाँ हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकीलाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ ।
६. रोगको लक्षणहरू बढाउनेः
चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी, र माईग्रेन जस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्दछ । साभारः खबरहवबाट
प्रतिक्रिया