बुटवल ।
नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट बुधबार बिहान एनआइसीयूमा सारिएको छ ।
न्युरोसम्बन्धी रोग जिबीएस (गुइलिन–बारे सिन्ड्रोम)बाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन् ।
प्रतिक्रिया