मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ दुवियास्थित भरही सिंचाइ योजना सञ्चालनमा आएको छ । एशियाली विकास बैंकको सहयोगमा विगत चार वर्ष देखि योजना सञ्चालनमा आएसंगै यहाँका किसानले समयमै खेतीपाती गर्न पाएका छन् ।
कपिलवस्तुको दुवियामा निमार्णाधीन भरही सिँचाई योजना संचालनमा आएसंगै दुई सय हेक्टर जमिन सिंचित भएको छ भने १५ सय स्थानीय लाभान्वित भएका छन् । एशियाली विकास बैँकको तीन करोड २७ लाखको लागतमा यो सिँचाइ योजना सञ्चालनमा छ ।
मुल नहर सात किलोमिटरसँगै तीन वटा शाखा नहर समेत बनेका छन् । सिँचाइ योजना सम्पन्न भएपछि यस भेगका किसान हर्षित भएको स्थानीयबासिन्दा चन्द्रमती थारु बताउनुहुन्छ ।
८३ हजार हेक्टर क्षेत्रफल रहेको कपिलवस्तुमा हालसम्म झन्डै ४० हजार हेक्टर सिंञ्चित रहेको डिभिजन सिंचाई कार्यालय तौलिहवाले जनाएको छ ।
तस्बीर फाइल
प्रतिक्रिया