सैनामैना ।
रुपन्देहीको सैनामैनामा नमुना बस्ती तयार भएको छ । तराइ मधेश समृद्धि कार्यक्रम र सैनामैना नगरपालिकाको लागत सहभागीतामा वडा नम्बर ११ को बरौलीमा नमुना बस्ती तयार भएको हो ।
नमुना बस्तीमा १० वटा घर बनेका छन् । जसमा दुइवटा बेडरुम, एउटा भान्छा कोठा, एटेच बाथरुम रहेको छ । २ वर्ष लगाएर नमुना बस्ती सम्पन्न भएको हो ।
निर्माण सम्पन्न भएका घरहरु दसैंसम्ममा विस्थापित परिवारलाई वितरण गर्ने सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया