मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा सुरु भएको जोनसन एण्ड जोनसन खोप अभियानको पहिलो दिन बुधबार (आज) ८ हजार ९६३ जनाले खोप लगाएका छन् । आजबाट सुरु भएको खोप अभियान १५ गतेसम्म संचालन हुने छ । खोप कार्यक्रम अन्तरगत पहिलो दिन जिल्लाका ७ वटा स्थानीय तहमा खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णयानुसार ५०–५४ वर्ष उमेर समूहका व्यक्तिहरु, अपांगता परिचयपत्र भएका व्यक्तिहरु (क र ख), विदेश जानु पर्ने व्यक्तिहरु र यस अघि प्राथमिकतामा परेर खोप नपाएका व्यक्तिहरुको लागि प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट खोप सेवा प्रदान गरिएको छ ।
प्रतिक्रिया