७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कपिलवस्तुबाट एकै बर्षमा साढे १० हजार बढीले नागरिकता लिए



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुबाट एकै बर्षमा साढे हजार बढीले नागरिकताको प्रमाण पत्र लिएका छन् । आर्थिक बर्ष २०७७ । ०७८ मा जिल्ला प्रशासन कार्यालय तौलिहवा, इलाका प्रशासन कार्यालय बाणगंगा र चन्द्रौटाबाट सो संख्यामा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार सरकारले यसपटक बाल पोषण भत्ता उपलब्ध गराउने भए पछि नागरिकता बढाउनेहरुको संख्या बढेको देखिएको छ । कोरोनाको दोश्रो लहर भए पनि कार्यालयमा भएको छिटो छरितो सेवा प्रवाह र नागरिकमैत्री प्रशासनका कारण धेरै काम गर्न सकिएको प्रशासन बताउँछ ।

भीँड हुँदा कर्मचारीले थप समय लिएर भए पनि जनताको काम नरोकेको प्रजिअ पाण्डेको दावी छ । गत बर्ष पनि सोही हाराहारी मै नागरिकता बाँडिएको थियो । आफू आइसके पछि कर्मचारीका कारण काममा हुन ढिलासुस्ती बन्द भएको उहाँको भनाई छ ।

यस्तै नागरिकता, बिभिन्न मुद्धा मामिला, नयाँ संस्था दर्ता, राहदानी आदि लिन आउने सेवाग्राहीलाई पनि कार्यालयका कर्मचारीले छिटो छरितो काम गरिदिएको उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो ।

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  १ : ४६ बजे