७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

गुल्मी जिप दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।
गुल्मीको मुसीकोटमा जीप दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । शान्तिपुरबाट १० जना यात्रु बोकेर तम्घास जाँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट ४ दोभान नजिकै तम्घास जानेबाटोमा बुधबार बिहान सभा ११ बजे दुर्घटना हुँदा गुल्मी चन्द्रकोट ४ का ४२ बर्षिय तेजेन्द्र थापा र चन्द्रकोट ५ का ३५ बर्षीय रेशम कार्की र रेसुङगा नगरपालिका २ बस्ने ६५ बर्षीया सुनिता बिकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्दार गरि तम्घास र पाल्पा अस्पतालमा उपचारका लागि लगिएको घटनास्थलबाट प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिए । उकालो सडकमा गुडिरहेको जिप एक्कासी अनियन्त्रित भई करिव २ सय ८० मिटर तल खोलाको किनारमा खसेर दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

गुल्मी जिप दुर्घटना अपडेटः तीनको मृत्यु, दुईको सनाखद

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  १ : ३६ बजे