बिष्णुकुमार आले, अर्घाखाँची ।
अरिंगालको टोकाइबाट अर्घाखाँचीमा २ जना महिला गम्भीर घाइते भएका छन् । घाईते हुनेमा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोट निवासी २३ बर्षीया नविना थापा र २४ बर्षीया गीता राना गम्भीर घाइते भएका हुन् ।
घर नजिकै बारीमा घाँस काट्न गएका बेला एक्कासी दर्जनौंको समूहमा आएको अरिंगालले मंगलबार साँझ साढे ६ बजेको समयमा शरिरका विभिन्न भागमा टोकेपछि गम्भीर घाईते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको थियो ।
अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल सन्धिखर्कले थप उपचारका लागि बुटवल रिफर गरिदिए पछि घाईते दुबै जनालाई बुटवल लगिएको छ । अहिले उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । घाईते दुवैजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया