८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर विरामी



बुटवल ।
लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर विरामी भएकी छन् । उनका दुवै खुट्टा नचल्ने र शिथिल भएका छन् ।

शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । उनी जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट गएको वैशाख १९ गते मन्त्री नियुक्त भएकी थिइन । मन्त्री पाण्डे ३८ वर्षिया हुन् ।

आइतबारदेखि समस्या देखिएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुदै हाल नर्भिक अस्पताल काठमाडौंमा उपचाररत छिन् । उनलाई न्युरोसम्बन्धी रोग जिडिएस भएको चिकित्सकले बताएका छन् । उनलाई पंकज जलान र यादव भट्टको टिमले उपचार गरिरहेको छ ।

चिकित्सकका अनुसार कोभिडको सुइपछि उनमा यस्तो लक्षण देखिएको हो । जसमा खुट्टाबाट शिथिल हुदै घाटीसम्म पुग्छ । घाटीबाट खुट्टामा झरेर मात्र रोग निको हुन्छ । कसैकसैलाई पक्षघात पनि हुन सक्छ । उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्नेछ ।

जिडिएस रोगको उपचार पद्धति खर्चिलो छ । हाल दैनिक प्रति सुई १८ हजार खर्चेर दिनको ६ पटक सुइ लगाइएको छ । औषधीसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैया रहेको सांसद पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले बताए ।

मन्त्री विरामी भएपनि अहिलेसम्म प्रदेश सरकारले विरामीको उपचारमा सहयोग नगरेको उनले बताए । ‘स्वास्थ्य अवस्था गम्भीर छ । उपचार पद्धति महंगो छ । कसरी उपचार गर्ने हामी अन्योलमा छौ-मन्त्री श्रीमान लम्सालले भने । लुम्बिनी टाइम्सबाट

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  ६ : १९ बजे