मायादेवी अनलाइन, जितपुर ।
मानव अधिकार प्रर्वद्धनका लागि नागरिक संस्थाको भूमिका विषयक गोष्ठी सुरु भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु र जुरी नेपालको आयोजना तथा आइ.एम. स्वीडिस डेभलपमेन्ट पार्टनरको सहाकार्यमा सुरु भएको गोष्ठी ३ दिनसम्म चल्ने छ ।
कार्यक्रममा मानव अधिकार प्रर्वद्धन, युवा विकास, शिक्षा, महिला तथा बालबालिकाका सवालमा छलफल हुने छ । गोष्ठीको पहिलो दिन मंगलबार मानव अधिकार, नीति तथा ऐनका विभिन्न विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रशिक्षक तथा जुरी नेपालका कार्यकारी निर्देशक मोहन आचार्यले मानव अधिकार, यस सम्बन्धी नेपालमा जारी ऐन कानुनका विषयमा जानकारी दिनुभएको थियो ।
यस्तै जुरी नेपालका अधिवक्ता विष्णु प्रसाद पोख्रेलले पनि मानव अधिकार रक्षाका लागि समुदाय तथा नागरिकको भूमिकाबारे जानकारी गराउनुभएको थियो । नेपालमा मानवअधिकार रक्षाका लागि धेरैप्रयासहरु भएपनि कतिपय ठाउँमा कमजोरी हुने गरेको भन्दै त्यसको लागि अब समुदाय स्तरबाट पैरवी तथा प्रयास गर्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका सहजकर्ता जुरी नेपालका अधिवक्ता बालमाया विश्वकर्माले विभिन्न हिंशा तथा त्यसका कानुनी प्रावधानबारे जानकारी गराउनु भएको थियो ।
उहाले यौनजन्य हिशां, बालविवाह, जवरजस्ती करणी, बोक्सी आरोप, घरेलु हिंशा, बालबालिका सम्बन्धी ऐन तथा मानव बेचबिखन ओसारपोसार ऐन बारे जानकारी गराउनु भएको थियो ।
तालिमको पहिलो दिन उपस्थित सम्पूर्ण सहभागिलाई विभिन्न समुहमा विभाजन गरेर विभिन्न विषयबस्तुमाथि छलफल गरिएको छ । सहभागीबाटै उठेका विषयबस्तु मै केन्द्रित रहेर कार्यक्रम अवधीभर छलफल हुने छन् ।
कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको उदेश्य माथि सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेलले प्रकास पार्नुभएको थियो ।
कार्यक्रममा मानवअधिकार एलाइन्स, मुस्लिम जागरुक मंच, युवा क्लव, शिक्षा तथा विभिन्न क्षेत्रमा संलग्न ब्यक्तिको सहभागिता रहेको छ ।
प्रतिक्रिया