गुल्मी ।
मुसिकोट नगरपालिकाले नगरभित्रका उत्कृष्ट उद्यमी खोजी गरेको छ। ‘नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रम गरी उत्कृष्ट उद्यमी खोजी गरेको हो ।
कार्यक्रममार्फत मुसिकोटमा १२८ जना उद्यमीको पहिचान भएको छ। तीमध्ये प्रतिस्पर्धाबाट ४० र २० हुँदै १० जना छानिएका छन्। १० जनामध्येबाट साउन १४ गते उत्कृष्ट दुईजना छनौछ गरिने नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।
उत्कृष्ट दुईले एक÷एक लाख र अन्य आठजनाले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने घिमिरेले जानकारी दिए। उत्कृष्ट १० जनाले आफ्नो उद्यम यात्रा र आगामी तीन वर्षको व्यावसायिक योजना प्रस्तुत गर्ने जनाइएको छ।
प्रतिक्रिया