काठमाडौं ।
सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । नेपाली कांग्रेस स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी छ ।
त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दावी छ । दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया