८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पेटको अल्सर किन र कसरी हुन्छ ? यस्ता छन् ख्याल गर्नुपर्ने कुरा



काठमाडौं ।
सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ ।

अल्सर विशेषगरी गलत खानपानका कारण हुने गरेको चिकित्सकहरुको भनाई छ । यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन् ।

पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिने चिकित्सकहरु बताउँछन् ।

अल्सर किन हुन्छ ?
पेटको अल्सरलाई पेप्टिक वा ग्यास्ट्रिक अल्सरसमेत भनिन्छ । अम्लीयपना, धुमपान वा लागूऔषधको सेवन, अत्यधिक स्टेराइडको प्रयोग, आणुवंशिक कारण, तनाव तथा खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ ।

त्यस्तै, हेलिकोव्याक्टर पाइलोरी नामक जीवाणुको संक्रमणका कारण पनि पेटमा अल्सर हुने गर्छ ।

अल्सर भएको कसरी थाहा पाउने ?
सुरुवाती चरणमा अल्सर पत्ता लगाउन केहि कठिन हुन्छ । तथापि, तल उल्लेखित लक्षण देखिएमा सचेत हुन जरुरी छ ?

-बारम्बार डकार आउने

-पेटमा जलन पैदा हुने

-पेटमा घाउ भएको महसुस हुने

-पेट फुल्ने, सुन्निने

-छाती पोल्ने, ग्याष्ट्रिकको समस्या

-शरीरको माथिल्लो भाग दुख्ने वा पोल्ने

-तातो खानेकुरा खाएपछि असहज महसुुस हुने

-दिशामा रगत देखिने वा दिशाको रङ्ग गाढा हुने

-रगत बान्ता हुने, खोकीमा रगत देखिने

-वजन कम हुने

-खान मन नलाग्ने

अल्सर तीन प्रकारका हुन्छन्ः

-पेटमा हुने ग्याष्ट्रिक अल्सर

-भोजन नलीमा हुने एसोफेगस अल्सर

-सानो आन्द्रामा हुने डूआडनल अल्सर

ख्याल गर्नुपर्ने कुरा
अल्सरका विरामीले मसलादार खाना, सुर्तिजन्य पदार्थ, तारेको, भुटेको खानेकुरा तथा माछामासुबाट बच्नुपर्छ । अत्याधिक मात्रामा फलफूल तथा सागसब्जीको सेवन गर्नुपर्छ । यसले अल्सर चाडै निको पार्न सहयोग गर्छ ।

त्यसबाहेक, फोहोर तथा दुषित खानेकुराबाट बच्नुका साथै साबुन-पानीले राम्ररी हात धोएर मात्र खाना खानेगर्नुपर्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  २ : १९ बजे