काठमाडौं ।
इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज (मङ्गलवार) आवेदन खुलाएको हो ।
२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउन गएको असोज १४ गते सरकारले इजरायलसँग सम्झौता गरेको थियो ।
प्रतिक्रिया