९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

५ गतेको मिति राखेर एमालेद्धारा २२ सांसदलाई स्पष्टीकरण माग



काठमाण्डौँ । नेकपा एमालेले आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको छ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ।

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्। पार्टीको अहिले स्थायी समिति बैठक चलिरहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  ४ : १८ बजे