९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोभिड प्रभावित अर्थतन्त्र उकास्न सरकारले खोपसँगै राहत प्याकेज ल्याउँछः अर्थमन्त्री शर्मा




काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताएका छन् । अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको पनि उनले बताए ।बुधबार नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज सरकारले ल्याउँदै छ, अर्थ मन्त्रालयले यसको तयारी गरिरहेको छ ।’

कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सभ्भावनाको बाटो समेत देखाएको उनले बताए । कोभिडले आत्मनिर्भरताको बाटोतर्फ जान सिकाएको भन्दै मन्त्री शर्माले यो बेला निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

शर्माले सरकारले आयात निरुत्साहित गर्दै निर्यातमा जोड दिने भन्दै त्यसका लागि प्रदेशस्तरमा साना उद्योग र त्यसलाई जोड्ने ठूला उद्योग निर्माण अबको प्राथमिकता भएको बताए । स्वेदेशी उत्पादन बढाउन उद्योग परिसंघले शुरु गरेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानले छिट्टै नतिजा दिनेमा आफू विश्वस्त रहेको अर्थमन्त्री शर्माको भनाइ थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  ३ : ४५ बजे