मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसको खोप लगाउने अभियान अन्तरगत कपिलवस्तुमा भेरोसेल खोप लगाउनेको संख्या बढेको छ । विगतमा विभिन्न नामका खोप न्यून मात्रामा जिल्लामा आएपनि भेरोसेल खोपको डोज बढी आएको हो ।
जिल्लामा साउन ३, ४ र ५ गते चलेको खोप लगाउने अभियान अन्तरगत ३३ हजार ४ सय ८८ जनाले भेरोसेल खोप प्राप्त गरेका छन् ।
जिल्लाका लागि भनेर ३३ हजार ७ सय ४० डोज भेरोसेल खोप आएको थियो ।
जिल्लामा ३४ हजार डोजको खोप आउने भनिए पनि अन्तिम समयमा प्रदेश आपूर्ती केन्द्रले ३३ हजार ७ सय ४० मात्र उपलब्ध गराएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया